Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लामो समयपछि विराटनगरमा वर्षा



विराटनगर : बादलले दिउँसै अन्धकार बनाउँदै लामो समयपछि कोशी प्रदेशको राजधानी विराटनगरसहित प्रदेशका अधिकांश स्थानमा वर्षा भएको छ। मंगलबार अपराह्न ५ बजेपछि वर्षा भएको हो।

केही दिनदेखि विराटनगरमा निकै गर्मी बढेको थियोे । तर, सामान्य हावाहुरीसँगै वर्षा भएपछि राहत महशुस भएको छ ।

यस्तै लगातारको खडेरीले बालीनाली सुक्दै गएको समयमा पूर्वका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् ।

सिँचाइ सुविधा नभएका ठाउँमा यो वर्षाले निकै राहत पुर्‍याएको भन्दै किसान खुसी भएका छन् ।

मौसममा आएको परिवर्तनसँगै मंगलबार दिउँसोदेखि पानी परिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार