Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशका अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’



फाइल फोटो

विराटनगर : कोशी प्रदेशको अधिकांश पहाडी जिल्लामा गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक संक्रामक रोगको महामारी फैलिएको छ । इलाम र झापा जिल्लामा मात्रै चार सय ६२ वटा पशु रोग संक्रमणबाट मरेका छन् ।

इलाम, उदयपुर, धनकुटा, संखुवासभालगायत पहाडी जिल्लामा यसको प्रकोप फैलिरहेको कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा. दीपा दियालीले बताइन् । यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ ।

छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखापर्नु यसलाई चिन्ने सजिलो लक्षण हो । नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’बाट संक्रमित पशुहरू अन्त्यमा मर्छन् ।

मोरङ जिल्लामा तीन वर्षअघि नेपालमा पहिलोपल्ट देखापरेको यो रोगको उत्पत्ति अफ्रिकामा १० वर्ष भएको मानिएको छ । क्याप्री पक्स नामक भाइरसको संक्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन रहेको पशु चिकित्सक डा. दियालीले बताए । नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार