Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध विराटनगरमा नेकपा एसको प्रदर्शन



विराटनगर : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध विराटनगरमा प्रदर्शन गरेका छ । शुक्रबार विराटनगर महानगर कमिटीको आयोजनामा नक्कली शरणार्थी काण्डमा मुछिएका सबैलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि छाड्न नहुने उनीहरुको माग छ। उनीहरुले भ्रष्टाचारको फाइल खोलेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यावद दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पोलिटब्युरो सदस्य महेश रेग्मीले नक्कली भुटानी शरणार्थी काण्ड विश्वका सामु शीर निहुराउने खालको एउटा लज्जास्पद घटना भएको बताए । उनले यो घटनामा संलग्न व्यक्ति जतिसुकै ठूलो ओहोदाको भए पनि कारवाही गर्नुपर्नेमा जोड दिए ।

प्रदर्शनमा नेकपा एसका केन्द्रीय सदस्य तथा महानगर कमिटी इञ्चार्ज सेवन्तराज भण्डारी, महानगर कमिटी अध्यक्ष वीरेन्द्र यादव, जिल्ला कमिटी सहसचिव निलम ढुंगेल, महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरेलगायतले सम्बोधन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले ‘टोपबहादुर रायमाझी खोई?, भ्रष्टाचार जघन्य अपराध हो, आइ एम विथ प्रचण्ड’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

May be an image of 11 people, temple and text

May be an image of 6 people, temple and text

May be an image of 9 people and text

May be an image of 7 people, temple, the Charminar and text

May be an image of 7 people and text that says 'khoni បಲរ मानव वन्द गर वेच विखन नाता होस या नेता भ्रष्टचारीको गरी समुल अन्त्य ('

प्रतिक्रिया
सम्बन्धित समाचार