Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यौन दुर्व्यवहार गरेको आराेपमा कृषिविज्ञ मदन राई पक्राउ



विराटनगर : यौन दुर्व्यवहार गरेको आराेपमा कृषिविज्ञ ७५ वर्षीय मदन राई पक्राउ परेका छन्।

खोटाङमा आफूले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ बाट यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। अहिले उनी जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा छन्।

उनीविरुद्ध आफैँले चलाएको फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक–पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो। उक्त घटना सार्वजनिक भएसँगै मदनलाई उनकै संस्थाबाट पक्राउ गरिएको हो।

फाउन्डेसनका संस्थापक मदनले पढाउन भनेर राखिएका बालबालिकाको संवेदनशील अंग चलाउने, शारीरिक सम्पर्कका लागि उक्साउने, आफ्नो शरीरका गोप्य अंग छुन लगाउने र आफू नग्न भएर विद्यार्थीसामु आपत्तिजनक हर्कत गर्दै आएको खुलेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार