विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु माथि अनुसन्धान फितलो भएको भन्दै आफ्नो पार्टी हेरेर मात्रै नबस्ने चेतावनी दिएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्लै लामिछानेले अनुसंधानको लहरोले ठुला नेता र तिनका सन्तानको जगजाहेर तान्डवलाई छोड्यो भने आफ्नो पार्टी मौन नबस्ने भन्दै आँधीलाई ख्याल सम्झने भुल नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
‘शिर्ष नेताहरुको तिब्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहिन, नाम आएकाहरु माथीको अनुसंधान फितलो!!! खबरदार, अनुसंधानको लहरोले ठुला नेता र तिनका सन्तानको “जगजाहेर तान्डव”लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला,’ उनले लेखेका छन् ।
यस्तै उनले एउटै फाइलले प्रधानमन्त्रीको ज्वरो निकालेको बताएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस!!!’