Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आगामी बजेटले प्रदेश सरकारको औचित्य पुष्टि गर्न सक्नुपर्छ : मन्त्री आचार्य



विराटनगर : कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले प्रदेश सरकारको आगामी बजेट प्रदेश सरकारको औचित्य पुष्टि गर्न सक्ने खालको हुनुपर्ने बताएका छन् ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयले विराटनगरमा सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को दोस्रो तथा तेस्रो त्रैमासिक प्रगति समीक्षा एवं आगामी आर्थिक वर्ष २०८०/०८१ को योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री आचार्यले अब बन्ने बजेट २० वर्ष अघिको जस्तो बनाएर काम नहुने बताए ।

प्रदेश सरकारसँग जनताले धेरै आशा राखेको उनको तर्क छ । उनले भने  ‘आगामी बजेटले प्रदेशको औचित्य पुष्टि गर्न सक्नुपर्छ । प्रदेश सरकारसँग जनताका आशा धेरै छन् ।’

सरकारले धेरै छलफल गरेर नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनले बताए । प्रदेशमा धेरैभन्दा धेरै पर्यटक भित्राउन मद्धत पुग्ने खालको बजेट बनाउनुपर्ने उनले मागसमेत गरेका छन् ।

कोशी प्रदेशलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको प्रवद्र्धन आवश्यक देखिएको पनि बताउँदै उनले पर्यटकलाई आकर्षण गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्न बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार