Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वन क्षेत्रलाई उद्योग र रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताएका छन् ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समिक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री कार्कीले वनले राजस्व संकलनमा सहयोग पुग्ने बताए ।

प्रदेश सरकारको सबैभन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि वन मन्त्रालयबाट राजस्व योगदान कम रहेको भन्दै कार्कीले भने, ‘प्रदेश भित्रका धेरै सामुदायिक वनहरुले राजस्वमा योगदान पुर्याई रहेका छन्, त्यस्ता सामुदायिक वनहरुसँग सहकार्यमा आवश्यक संरचना निर्माण गरी राजस्व सङ्कलनमा प्रदेश सरकार पनि जोडिनुपर्छ ।’

प्रदेश भित्रका केही सामुदायिक वन, तालतलैया र सिमसार क्षेत्रहरुमा आवश्यक संरचना निर्माण गरी तीनलाई पर्यटकी क्षेत्रकारुपमा विकास गर्दै राजस्व बढाउन सकिने मुख्यमन्त्री कार्कीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार