काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९१ को उपधारा (१) बमोजिम वैशाख २४ गते आइतबार दिउँसो ४ बजे संसद् अधिवेशन आह्वान गरेका हुन्।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।