विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगर मनोनीत भएका छन् ।
मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रानालाई उपनेतामा मनोनीत गरेका हुन् ।
एमाले संसदीय दलको सचेतकमा भने सृजना राई मनोनीत भएकी छिन् । दलको प्रमुख सचेतकमा भने यसअघि नै रेवतीरमण भण्डारी मनोनीत भइसकेका छन् ।
राना र राई दुवै जनालाई मुख्यमन्त्री कार्कीले बुधवार मनोनीत गरेका हुन् ।