विराटनगर : प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी) निलम्बित भएका छन्।
नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख देवराज घिमिरेले निलम्बनको निर्णय गरेकाे संघीय संसद सचिवालयले जनाएको छ।
४ मंसिरको चुनावमा महोत्तरी– १ बाट निर्वाचित कोइरी नेकपा (एमाले)का सांसद हुन्।