विराटनगर : अनेरास्ववियु मोरङले नयाँ वर्ष–२०८० सालको क्यालेन्डर प्रकाशन गरेको छ । मंगलबार विराटचोकमा आयोजित एक समारोहका बीच क्यालेण्डर सार्वजनिक गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले क्यालेन्डर सार्वजनिक गरेका हुन्।
प्रमुख अतिथि बडालले अनेरास्ववियु मोरङले सधैं सिर्जनात्मक र रचनात्मक काम गर्ने गरेको बताउँदै जिल्ला कमिटीको प्रशंसा गरेका छन् ।
अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियुकि केन्द्रीय सचिव आरती भट्टराई, स्थायी कमिटी सदस्य कमल पौडेल, नेकपा एमाले मोरङ जिल्ला सचिवालय सदस्य भाष्कर खनाललगायत उपस्थित थिए ।