विराटनगर : कोशी प्रदेशमा दुईवटा अध्यादेश जारी भएको छ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको सिफारिशमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुई वटा अध्यादेश जारी गरेका हुन् ।
प्रदेश प्रमुख खापुङले बिहीबार स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०२८ र प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेकन हुन् ।
नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रिपरिषदको सिफारिशमा उक्त दुईवटा अध्यादेश जारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।