विराटनगर : कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०७९ खारेज गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै बैठकले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृति गर्ने निर्णय गरेको छ ।