Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अघोषित लोडसेडिङ्गको समस्या समाधान गर्न पहल गर्छु : मुख्यमन्त्री कार्की



विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पछिल्लो समय देखिएको अघोषित लोडसेडिङ्गको समस्या समाधान गर्न आफ्नो तर्फबाट तत्काल पहल सुरु गर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा मङ्गलबार आयोजित कोशी प्रदेशका उद्योग सङ्घ र सङ्गठनका प्रतिनिधिहरुसँग छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अघोषित लोडसेडिङ्गले औद्योगिक क्षेत्रमा सदस्या सिर्जना भइरहेको भन्दै कार्कीले उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणका निर्देशकसँग तत्कालनै कुरा गर्ने र व्यवसायीसँग आवश्यक छलफलका लागि पहल गर्ने बताए ।

उद्यमीहरुले लिएको ऋणको व्याज दर घटाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग पनि आफ्नो कुरा भएको कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले बजेट निर्माणका क्रममा उद्योग व्यवसाय क्षेत्रका कुन कुन नीतिलाई प्रथामिकता दिनुपर्ने र के कस्ता नीति निर्माण गर्दा समस्या समाधान हुन्छन भन्ने विषयमा आफूलाई सुझाव दिनु उद्योगीहरुसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार