Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी नामाकरण कसैको विपक्षमा छैन् : मुख्यमन्त्री कार्की



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नामाकरण कसैको विपक्षमा नभएको बताएका छन् । शुक्रबार नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३ औं कार्य समितिको वार्षिक साधारण सभा तथा बार भवनको उद्घाटन गर्दै कार्कीले प्रदेशको नामकरण सबैको पक्षमा रहेको बताए ।

उनले प्रदेशको नाम सबैको साझा भएको बताए । उनले भने, ‘नामाकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएको छ, यसलाई सबैले आत्मसाथ गरेर जाउँ ।’

आगामी दिनमा क्ुनै दलले दुई तिहाई मत प्राप्त गरेमा संवैधानिक एवं कानूनी प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गर्न सक्ने मुख्यमन्त्री कार्कीको भनाइ छ ।

प्रदेशसभाको अघिल्लो कार्यकालमा प्रदेशको नामकरण नगर्दा सर्वत्र आलोचना खेप्नु परेको बताउँदै कार्कीले यो पटको प्रदेशसभाको प्रारम्भमै प्रदेशसभाको १३ औ बैठकले नामकरण गरेको बताए । मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणमा प्रदेश सभाकै भूमिका बढी हुने र सरकारको कुनै भूमिका नहुने पनि बताए ।

कार्कीले वर्तमाान नेपालको राजनीति र न्याय क्षेत्रको अवस्था राम्रो नदेखिएको चर्चा गर्दै विगत १६÷१७ महिना देखि प्रधान न्यायधिस नियुक्ति हुन नसक्नु दुखद भएको बताए ।

प्रदेश संरचना अनावश्यक, अत्याधिक खर्चालु लगायतका आलोचना तथ्य र सत्यका आधारमा हुनुपर्नेमा जोड दिदै मुख्यमन्त्री कार्कीले विगत १५ बर्षमा नभएका विकास प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति प्राप्त गरेको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार