विराटनगर : विराटनगर महानगरपालिकामा बैशाख १५ गतेबाट खुल्ल रुपमा माछा–मासु बिक्री वितरण गर्न नपाइने भएको छ । पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ अनुसार महानगरले खुल्ला रुपमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको हो ।
विराटनगरका विभिन्न स्थानमा खुल्ला रुपमा माछामासु बिक्री भइरहेका छन् । खुल्ला रुपमा माछा मासु बिक्री वितरण गर्दा मानव स्वास्थ्यमा असर पर्नुका साथै बजारको सौन्दर्यकरणमा समेत ह्रास आएको महानगरको भनाइ छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वैशाख १५ गतेदेखि लागू हुनेगरी सार्वजनिकस्थल, खुल्ला ठाउँ, तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलहरूमा बाहेक पशुपंक्षी बध गर्न निषेध गरिएको बताए । विशेष गरी साप्ताहिक हाटबजारका साथै सडक छेउछाउ र चोकहरूमा खाट, टेबल, प्लाष्टिक ओछ्याएर भुइँमा राखेर खुल्ला रुपमा माछामासु बिक्री गर्ने गरिएको छ ।