विराटनगर : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण कम्पनीलमई कालो सूचीमा राखेको छ । कार्यालयले आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखेको जनाएको हो ।
निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ । तीन वर्षका लागि एउटा कम्पनीमात्र कालो सूचिमा परेको छ । सैलेन्द्र कुमार कुरुम्बाङ मुख्य व्यक्ति रहेको एस.ए.एस. कन्स्ट्रक्सन प्रा.लि. विराटनगर तीन वर्षको लागि कालो सूचिमा परेको हो ।
यस्तै बिमल चौधरी मुख्य व्यक्ति रहेको फेव नेपाल प्रा.लि. इटहरी, प्रमिला थापा मुख्य व्यक्ति रहेको ओम शान्ति निर्माण सेवा भद्रपुर झापा एकएक वर्षका लागि कालो सूचिमा परेका छन् ।
कालोसूचीमा राखिएका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन् ।
हेर्नुहोस् पूरा विवरण :
