विराटनगर : राजनीतिक रुपमा दुई धुव्रमा देखिएका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका वलिकहरु उच्च अदालत बार एकाई विराटनगरको नेतृत्व चयनमा भने एक ठाउँमा उभिएका छन् । नेपाली कांग्रेस निकट नेपाल डेमोक्रेटिक लर्यस एशोसियनस (डीएलए) लाई कार्यसमितिमा समावेश नगराई उच्च अदालत बार विराटनगरमा नयाँ कार्यसमिति चयन भएको हो ।
एकाईको अध्यक्षमा एमाले निकट प्रगतिशिल कानुन व्यवसायी एशोसियसन (पीपीए) का विश्वराम भट्टराई चयन भएका छन् । पीपीएले कार्यसमितिमा सहसचिवसहित अन्य चार जना सदस्य पाएको छ ।
यस्तै कार्यसमितिको उपाध्यक्षमा नेकपा माओवादी निकट गणतान्त्रिक प्रगतीशिल कानुन व्यवसायी एसोसिएसन (आरपिएलए) की कला त्रिताल चयन भएकी छिन् । आरपिएलएले एक जना सदस्य पाएको छ ।
यस्तै एकीकृत समाजवादी निकट एसपीएलएबाट सचिवमा विनोद कुमार तिम्सिना र कोषाध्यक्षमा कृष्णप्रसाद गौतम चयन भएका छन् । उच्च अदालत बार एकाई विराटनगरमा एसपीएलएका तर्फबाट तीन जना सदस्य चयन भएका छन् ।
यस्तै ६ जनाको पार्षद सदस्यमा ४ जना एमाले निकट पीपीएल र अन्य दुई जना अन्य संगठनबाट चयन भएका छन् ।
नयाँ बनको १९ जनाको कार्यसमितिमा डिएलएबाट एक जना पनि नपरेपछि उसले असहमति जनाएको छ । अन्तर सँस्थाहरुसँगको सहकार्य, सहअस्तित्व र सहभागिताको संस्कृति विपरीत प्रतिष्पर्धी संस्थाहरुले डिएलएलाई उपेच्छा गरी नयाँ कार्यसमिति चयन गरेको डिएलए मोरङका अध्यक्ष खुसीराज गौतमले जानकारी दिए ।
उच्च वार एशोसिएसन विराटनगरको कार्यसमिति गठन गर्दा एकलौटी ढंगले गठन गरेकोमा आफूहरुको पूर्ण असहमति रहेको उनले बताए । उनका अनुसार अब डिएलएले मोरङका अन्य प्रतिस्पर्धि घटकहरु पीपीएलए, एसपीएलए र आरपीएलएसँग कुनै प्रकारको सहकार्य र संयुक्त कार्यक्रम नगर्ने निर्णय भएको अध्यक्ष गौतमले बताए । पीपीएलए, एसपीएलए र आरपीएलए मिलेर नयाँ कार्यसमिति निर्माण गरेपछि बुधबार डिएलए जिल्ला कार्यसमितिको बैठक बसेको थियो ।
उक्त बैठकले आजबाट उच्च अदालत वार एशोसिएसन विराटनगरले आयोजना गर्ने आसन्न साधारण सभा लगायत अन्य कुनैपनि कार्यक्रममा डिएलए आवद्ध वरिष्ठ अधिवक्ताहरु, सल्लाहाकारहरु, वर्तमान र पूर्व पदाधिकारी तथा सदस्यहरु, मोरङ वार र उच्च वारमा प्रतिनिधित्व गर्ने डिएलए आवद्ध सदस्यहरु लगायत सम्पूर्ण साधारण सदस्यहरुसमेत सहभागि र संलग्न, उपस्थित नहुने निर्णय गरेको छ ।