Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मध्यवर्ती क्षेत्रको समस्या दिगोरुपमा समाधान गर्न एमाले सांसद बर्तौलाको आग्रह



काठमाडौं : नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले निकुञ्जको सीमा हेरफेर र मध्यवर्ती क्षेत्रलाई राष्ट्रिय वनको क्षेत्रको रुपमा अघि बढाउनुपर्ने उल्लेख गरे।

‘आगामी बजेट बनाउँदा यस विषयमा सरकारको ध्यानकर्षण गराउन चाहान्छु’, उनले भने।

सांसद बर्ताैलाले मध्यवर्ती क्षेत्र आसपास नयाँ उद्योग सञ्चालन गर्न कठिनाइ भएको सम्बन्धमा सरकारको ध्यानकर्षण गराउँदै मध्यवर्ती क्षेत्रको समस्या दिगोरुपमा समाधान गर्न आग्रह गरे।

उनले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको सम्बन्धमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वास्थयलाभको कामना गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार