उदयपुर : उदयपुरको चौदण्दीगढी नगरपालिका वडा नं ९ हडियाको जंगलमा अबैध तरिकाले सालको रूख कटान गरिएको छ । स्थानीय देबिस्थान सामुदायिकवन क्षेत्रभित्र पर्ने करिब १०० क्यूफिट साल जातको हरिया रुखको कटान भएको हो ।
साजबोटे, डुङ्गा हुँदै लाल्भित्ते सम्म जोड्ने सडकको सिमामा पर्ने सालजातका रुखहरु अबैध कटान भएको डिभिजन कार्यालय उदयपुरले जनाएको छ ।
डिभिजन वन कार्यालयको अनुमति बिना सालका रूख कटान भएपछि अनुसन्धान सुरु गरेको डिभिजनल वन अधिकृत डा. ईन्द्र प्रसाद सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार वन कार्यालयले रुख कटानमा संलग्न जो भएपनि वन पैदावार हानी नोक्सानी गरेको अभियोगमा कारबाही गर्ने छ ।
चौदण्डीगढी नगरपालिका क्षेत्रमा अबैध तरिकाले बेला बेलामा काठ तस्करी हुँदै आएको भएपनी वन कर्मचारीको मिलेमतोमा कार्वाही फितलो हुने गरेको स्थानीयको गुनासो छ ।