Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वमुख्यमन्त्री राईको दाबी: ‘हिक्मत कार्की नेतृत्वको सरकार एक हप्ताभित्रै अल्पमतमा पर्छ’



विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले वर्तमान प्रदेशको सरकार एक हप्ताकै अल्पमतमा पर्ने दाबी गरेका छन् ।

नेकपा एस मोरङको पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले हिक्मत कार्की नेतृत्वको सरकार एक हप्ताभित्रै अल्पमतमा पर्ने दाबी गरेका हुन् ।

केन्द्रीय सत्ता गठबन्धनमा रहेका प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एक हप्ता भित्रमा मन्त्रीहरूले राजीनामा दिने उनको भनाइ छ ।

कोशीमा सरकार परिवर्तन गर्न सत्ता गठबन्धनका नेताहरूसँग छलफल भइसकेको र चाडैं सरकार परिवर्तन हुने उनको दाबी छ । उनले भने, ‘केन्द्रीय गठबन्धनका शिर्ष नेताहरूसँग सरकार परिवर्तनबारे छलफल भइसकेको छ । उहाँहरुले चाँडै निकास दिने आश्वासन दिनुभएको छ ।’

प्रदेशमा आलोपालो सरकारको नेतृत्व हुने उनले बताए । हाल सत्ता गठबन्धन बाहिर रहेको राप्रपालाई पनि नयाँ सत्ता समीकरणमा ल्याउन पहल भइरहेको उनले खुलासा गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार