Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अडियो संवादबारे अनुशासन समितिमा ढाकाकाे बयान- मलाई नियतवश फसाउन खोजियाे



काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठसँग व्यवसायी दुर्गा प्रसाईंसँगको अडियो संवादबारे बयान लिएको छ।

रास्वपाकाे अनुशासन समितिले मंगलबार दिउँसो पार्टी कार्यालयमा सांसद श्रेष्ठसँग अडियो संवादबारे एक घण्टा बयान लिएको हो।

बयानका क्रममा उनले अडियोको आवाज आफ्नो नभन्दै आफूलाई नियतवश फसाउन खोजिएको दाबी गरेका छन्।

‘सार्वजनिक अडियोको आवाज मेराे हाेइन, मलाई नियतवश फसाउन खोजिएको हो। अडियो पूरै एडिटेड हो’, श्रेष्ठको भनाइ उदृत गर्दै समितिका एक सदस्यले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार