विराटनगर : अनेरास्ववियु मोरङ जिल्ला कमिटीले चैत्र ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजयी भएका विद्यार्थीहरूलाई सम्मान गर्दै प्रशिक्षण दिएको छ ।
शनिबार विराटनगरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अनेरास्ववियुको प्रतिनिधित्व गर्दै मोरङमा विभिन्न क्याम्पसहरुमा विजयी उम्मेदवारहरुलाई सम्मान गरेको हो ।
जिल्लाका ९ क्याम्पसमध्ये अनेरास्ववियुले ४ क्याम्पसमा स्ववियु सभापति जितेको छ । अनेरास्ववियुले रमाइलो बहुमुखी र लेटाङ क्याम्पसमा प्यानल नै जितेको थियोे भने डिग्री क्याम्पसमा सभापति जितेको अनेरास्ववियुले नर्सिङ क्याम्पसमा सचिवबाहेक प्यानल जितेको थियो ।
अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेका अनुसार अनेरास्ववियुले जिल्लाभर ५५ सिट जितेको छ ।
नेकपा एमाले मोरङका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा जनसंगठम समन्वय संयन्त्र प्रमुख रविन थापा, जिल्ला सचिवालय सदस्य एवं विद्यार्थी फाट प्रमुख भाष्कर खनाल, अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य कमल पौडेल, निर्वाचन आयोगका केन्द्रीय सचिव मिलन घिमिरे लगायतका नेताहरुको उपस्थिति रहेको थियोे ।