विराटनगर : माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्ने भएका छन् । पार्टी परित्यागको घोषणा गर्न न्यौपानेले शनिबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
न्यौपाने एकीकृत समाजवादी पार्टीको तेस्रो वरियताको नेता हुन् । पहिलो नम्बरमा पार्टी अध्यक्ष नेपाल र दोस्रोमा झलनाथ खनाल छन् ।
तत्कालीन नेकपा विभाजनपछि एमाले फुट्दा उनी माधव नेपालसँग गएका थिए । तर, पछिल्लो समय उनले एमालेसँग पार्टी एकीकरण गर्नुपर्ने मुद्धा उठाउँदै आएका छन् ।
न्यौपानेले एमालेसँग पार्टी एकीकरण गर्ने माग गर्दा पार्टीले उनीमाथि स्पष्टीकरण समेत सोधेको थियो ।