Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

(अपडेट) मोरङमा एकैदिन एसईईका १९९ जना नक्कली परीक्षार्थी पक्राउ



सांकेतिक तस्बिर।

विराटनगर : मोरङमा एसईई परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका १९९ जनालाई अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार केराबारी, ग्रामथान र सुन्दरहरैँचाका तीन परीक्षा केन्द्रबाट ती नक्कली परीक्षार्थी पक्राउ गरिएको हो ।

मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको बताए । उनका अनुसार सबैभन्दा बढी सार्वजनिक मावि केराबारीबाट १२७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यस्तै सरस्वती मावि ग्रामथानबाट ५२ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् ।

पक्राउ परेका परीक्षार्थीहरुको विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले जानकारी दिए ।

बुधबार मोरङको ग्रामथान गाउँपालिका– २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेपछि प्रशासनले अनुगमन बढाएको थियो । बुधबार अनिवार्य विज्ञान विषयको परीक्षामा अर्काको नाममा एसईई दिने २८ वर्षीय सुस्मिता लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार