Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा अर्काको नाममा एसईई परीक्षा दिने पक्राउ



विराटनगर : मोरङको ग्रामथान गाउँपालिका– २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एसईई परीक्षा दिने एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

बुधबार अनिवार्य विज्ञान विषयको परीक्षामा अर्काको नाममा एसईई दिने २८ वर्षीय सुस्मिता लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालका अनुसार बुढीगंगास्थित नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी कल्पना लिम्बूको परीक्षा दिइरहेको अवस्थामा सुस्मितालाई पक्राउ गरिएको हो ।

सुनसरी धरान उप– महानगरपालिका वडा नम्बर ५ घर भएकी सुस्मिता लिम्बूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार