Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपनिर्वाचनका लागि राप्रपाले छान्याे तीनवटै क्षेत्रकाे उम्मेदवार



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगाे लगाएको छ।

आइतबार बसेको संसदीय समितिको बैठकले उपनिर्वाचनका लागि तीनवटै क्षेत्रकाे उम्मेदवार टुंगो लगाएको हाे।

राप्रपाले तनहुँ १ मा शोभा गुरुङ, चितवन २ मा जीवलाल पुरी र बारा २ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको हो।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि भाेलि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वाेच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा २ का लागि उपनिर्वाचन हुन लागेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार