Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश नामकरणको विवाद वार्ताबाट समाधान गर्नुपर्छ : शिक्षामन्त्री राई



विराटनगर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेश नामकरणको विषयमा देखिएको विवाद वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले असन्तुष्ट पक्षसँग प्रधानमन्त्री र प्रदेश सरकारले वार्ताबाट समाधान निकाल्नुपर्ने बताए ।

यस्तै उनले कोशी प्रदेशको अलग अस्तित्व भएको सरकार रहेको हुँदा केन्द्रको मातहतको निकाय नभएको बताए । प्रदेशमा आफ्नो किसिमको आवश्यकताअनुसार गठबन्धन सरकार सञ्चालन हुने राईको भनाइ छ ।

नामकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकारअनुरुप विरोध गरेको उनले बताए । जनताले माग एवं अधिकार प्राप्त गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार