Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शेखर पक्षले दिएन मन्त्रीको नाम, कांग्रेसबाट चार जनाले शपथ लिँदै



काठमाडौँ : नेपाली कांग्रेसबाट चार जनाले मन्त्रीको शपथ लिने भएका छन्।

शेखर कोइराला पक्षले मन्त्री हुनेको नाम नदिएपछि सभापति शेरबहादुर देउवाले ४ जनाकाे मात्रै नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाएको हाे।

जसमा प्रकाशशरण महत अर्थमन्त्री, पूणबहादुर खड्का रक्षामन्त्री, रमेश रिजाल उद्योग र सीता गुरुङले सहरी विकास मन्त्रीकाे शपथ लिने भएका छन्।

८ मन्त्रालय लिने निर्णय गरेकाे कांग्रेसले पार्टीभित्र भागवण्डा नमिलेपछि ४ जनाकाे मात्रै नाम प्रधानमन्त्रीसमक्ष पठाएकाे हाे।

प्रतिक्रिया
सम्बन्धित समाचार