Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एसईईमा मोरङबाट १८ हजार विद्यार्थी सहभागी हुँदै



फाइल तस्बिर

विराटनगर : मोरङबाट एसईई परीक्षामा १८ हजार एक सय १२ जना विद्यार्थी सहभागी हुने भएका छन् । चैत १७ गते अर्थात (भोलि) देखि शुरु हुने परीक्षामा जिल्लाबाट १८ हजार एक सय १२ जना विद्यार्थी सहभागी हुने भएका हुन् ।

जिल्लाभर ७१ वटा परीक्षा केन्द्रहरु तय गरेको जिल्ला समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले जानकारी दिए । उनका अनुसार केन्दाध्यक्ष ७१ र सहायक केन्द्राध्यक्ष पनि ११६ जना रहेका छन् । परिक्षाका लागि ९३७ जना निरीक्षक खटिएका छन् ।

परिक्षाका लागि १८१ जना परिक्षा सहायक र ३७७ जना कार्यलय सहयोगी खटिएका छन् । जिल्लामा परिक्षाका लागि सुरक्षाकर्मीबाहेक १ हजार ६ सय ८२ जना जनशक्ति खटिएका छन् ।

नियमिततर्फ १७ हजार २ सय ९५, प्राविधिक धारतर्फ ६ सय ४४, ग्रेडवृद्धि १ सय ७३, नियमित खुल्लातर्फ १ हजार ३२ गरी १८ हजार १ सय १२ जना परीक्षार्थी एसईईमा सहभागी हुने गौतमले जानकारी दिए ।

गौतमका अनुसार कोशी प्रदेशभरबाट ८० हजार ४ सय ५४ विद्यार्थी एसईईमा सामेल हुँदै छन् भने ३ सय ७८ वटा परीक्षा केन्द्र तोकिएको छ । यस वर्षको एसईईमा सबैभन्दा बढी मोरङबाट परीक्षार्थी सहभागी हुँदैछन् ।

एसईईका लागि जिल्लाका १७१ वटा समाुदायिक र २२३ वटा संस्थागत गरी ३९४ वटा शैक्षिक संस्थाले सहभागीता जनाउने गौतमले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार