विराटनगर : नेकपा एमालेले काशी प्रदेशमा मिसन ग्रासरुट अभियान तिव्र गतिमा अघि बढाएको छ । प्रदेशका विभिन्न स्थानीय तहमा पुगेर अभिमुखिकरणकर्ता र अनुगमनकर्ताहरुले अभियानलाई नमूना बनाउने प्रयत्न गरिरहेका छन् ।
सोही क्रममा शनिबार तेह्रथुमको छथर गाउँपालिका र लालिगुराँश नगरपालिकामा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा मिसन ग्रासरुट अभियानअन्तरगत कोशी प्रदेशका अनुगमनकर्ता शेरधन राईका अनुसार छथर अस्पतालमा सरसफाई गरी फुल रोपेको गमला प्रदान गरिएको छ ।
एमालेले छथर गाँउ कमिटीको मध्यावधि समिक्षा बैठक गर्दै वडा नं १ र ६ को श्रमशिविरमा ऐक्यबद्वतासमेत जाहेर गरेको छ । उनीहरुले विभिन्न स्थानमा भत्किएका बाटो मर्मत गरेका थिए ।
यस्तै लालिगुराँश नगरपालिकामा पनि विभिन्न प्रशिक्षणका कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा राईसहित एमाले नेता यज्ञराज सुनुवार लगायतले मन्तव्य राखेका थिए ।
राईले मिसन ग्रासरुटका क्रममा सबै पालिकाहरुमा नमूना कामहरु सञ्चालन हुने बताए । श्रमशिविर, सरसफाई, गमलामा फुल हस्तान्तरण जस्ता कामहरु कोशी प्रदेशमा मात्र नभई देशभरकै पालिकाहरुमा पहिलो, नौलो र सबैले अनुकरण गर्ने खालको हुनुपर्ने राईको भनाइ छ ।
