Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश नामकरण विवाद : चैत ५ को घटना छानबिन गर्न समिति गठन



विराटनगर : कोशी प्रदेशको नामकरणपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न संघीय सरकारले समिति गठन गर्ने भएको छ । गृह मन्त्रालयका सचिव विनोद सिंहका अनुसार आज बेलुकासम्म सहसचिवको नेतृत्वमा छानबिन समिति गठन हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

चैत ५ गते नामकरणका विषयलाई लिएर कोशी प्रदेशको राजधानी विराटनगरमा भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सिंहले जानकारी दिए ।

सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ ।

कोशी प्रदेशको नामकरण भएसँगै पछिल्लो समय पहिचानवादी समूहहरुले नाम खारेज गर्न माग गर्दै आन्दोलन चर्काइरहेका छन् । सोही क्रममा चैत ५ गते प्रदेशको राजधानी विराटनगरमा प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले गरेको बृहत् आन्दोलनमा सहभागी एक जनाको शुक्रबार मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार