Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशमा नयाँ सत्ता समीकरण बन्दैन, मध्यावधि निर्वाचन कल्पनाबाहिर : आङ्बो



विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशमा नयाँ राजनीतिक समीकरण नबन्ने बताएका छन् । शुक्रबार विराटनगरस्थित प्रदेशसभाको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आङ्बोले आफूहरु नयाँ सत्ता समीकरणको पक्षमा नरहेको बताए ।

केन्द्रमा जुनसुकै सत्ता समीकरण बने पनि कोशी प्रदेशमा फरक खाले अंकगणित भएकाले नयाँ सरकार गठनमा आफूहरु नलाग्ने बताए । सरकार फेरबदलका विषयमा केन्द्रबाट पनि कुनै निर्देशन नआएको उनले बताए ।

अन्य प्रदेशको तुलनामा कोशी प्रदेश सरकार ढाल्न सहज भए पनि बनाउन सकस भएका कारण आफूहरु अस्थिरताको कारक नबन्ने उनको भनाइ छ । उनले भने, ‘हिक्मत कार्की नेतृत्वको सरकार अहिले बहुमतमा छ । अहिलेको अवस्थामा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन, मन्त्री फिर्ता पनि गर्दैन ।’

नयाँ सरकार गठनका लागि संख्या पुर्याउन सभामुखले राजीनामा नदिने उनले बताए । यस्तै प्रदेशा मध्यावधि निर्वाचन हुने कल्पना पनि नगरिएको आङ्बोले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार