विराटनगर : नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आफ्नै गृहजिल्ला रौतहटमा ठूलो धक्का लागेको छ ।
रौतहटका प्रदेशदेखि जिल्ला तहका नेताहरु आफ्नो पूरानै घर नेकपा एमालेमा फर्किएपछि नेपाल आफ्नै जिल्लामा कमजोर बन्दै गएका छन् ।
शुक्रबार मधेस प्रदेश सचिवालय सदस्य महम्मद कलिमुल्लाह, अमर आले र बाबुराम दहाल एमालेमा फर्किएका छन् । यस्तै जिल्ला सदस्य मधुसुदन धिताल, पूर्वगाविस अध्यक्ष शम्भुप्रसाद गुप्ता, नागेन्द्र चौरसिया, विनोद चौधरीसहित दर्जनौं जिल्ला कमिटी सदस्य र गरुडा नगर कमिटी अध्यक्षसहित प्रायः सबै सदस्यहरु एमालेमा फर्किएका पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेलले बताए ।
एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानका क्रममा उनीहरु एमालेमा फर्किएका हुन् ।