Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा माधव नेपालको विद्यार्थी संगठनले खाता खोल्यो, सुकुनाको सभापतिमा लिम्बू विजयी



विराटनगर : मोरङको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका सन्तोष लिम्बू विजयी भएका छन् ।

उनी १ हजार ३ सय ८२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमाले निकट अनेरास्ववियुका मनोज काकीले ६५७ मत प्राप्त गरेका छन् ।

यस्तै स्ववियु सचिवमा एमाले अनेरास्वयिुका एलिस ओझा १ हजार १४ मतका विजयी हुँदा नेविसंघका नीराजन धमलाले एक हजार ६ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा माओवादी निकट अखिल क्रान्तिकारीका सतिस कार्की निर्वाचित भएका छन्

सुकुना क्याम्पसमा एमाले अनेरास्ववियुका विरुद्ध चार दलीय गठबन्धन थियो । नेविसंघ, अखिल कान्तिकारी र समाजवादी विद्यार्थी युनियन अनेरास्ववियूका सन्तोष लिम्बूको नेतृत्वमा चुनावमा होमिएका थिए । योसँग नेकपा एस निकट अनेरास्ववियूले मोरङमा खाता खोल्न सफल भएको छ ।

स्ववियु सभापतिमा निर्वाचित भएका लिम्बू यसअघि सुकुनाको सभापति थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार