Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित



काठमाडौं : नयाँ उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार भएकाे निर्वाचनमा नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन्।

सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका जसपाका यादव ३० हजार ३२८ मतसहित गणतन्त्र नेपालकाे तेस्रो उपराष्ट्रपति बनेका हुन्। उनलाई १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सांसदले मत दिएका थिए।

यादवका प्रतिस्पर्धी एमालेकी शाक्यले १६९ प्रदेशसभा सांसद  र १०४ संघीय सांसदकाे मत पाएकी छन् भने जनमतकी झाले  १५ प्रदेशसभा सांसद र २३ संघीय सांसदले मत दिएका छन्।

यसैगरी उम्मेदवारी फिर्ता लिएकी जसपाकी प्रमिला यादवलाई एक प्रदेशसभा सदस्यले मत दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार