Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नामकरणको विरोध गर्दा विराटनगरबाट पक्राउ परे सुनसरीका पत्रकार जनकऋषि राई



विराटनगर : प्रहरीले कोशी प्रदेशको नाम खारेज गर्न राखिएको विरोध कार्यक्रमबाट नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष जनकऋषि राईसहित दुई जना पक्राउ परेका छन् ।

विराटनगरस्थित प्रदेशसभा भवन अगाडि प्रदर्शन गरिरहेका राई र सञ्जय याक्खालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेशको नामकरणमा विरोध जनाउँदै उनीहरुले ‘पहिचानका लागि सडक साहित्यिक यात्रा २०७९’ आयोजना गरेका थिए ।

प्रदेशको नाम कोशी हटाएर पहिचानसहितको नामकरणको माग गर्दै कविता वाचन गर्ने क्रममा राई र याक्खालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार