Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशले एक वर्षमा ६ दिन सार्वजनिक विदा दिने



विराटनगर : कोशी प्रदेश सरकारले एक वर्षमा दिन पाउने ६ वटा विदा राजपत्रमा प्रकाशित गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ६ वटा अतिरिक्त बिदाबारे निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा कृषिमन्त्री भक्तिप्रसाद सिटौलाका अनुसार प्रदेशले थप गर्ने ६ वटा बिदा राजपत्रमा प्रकाशित गर्ने भएको हो ।

आजको बैठकले आउँदो साउन २४ गते विश्व आदिवासी जनजाति दिवस, भदौ २१ गते राधाकृष्ण रथयात्रामा प्रदेशभर बिदा दिने निर्णय गरेको छ । असोज २ गते ऋषि पञ्चमीको दिन भने प्रदेशले महिलालाई मात्रै बिदा दिने निर्णय गरेको सिटौलाले जानकारी दिए ।

प्रदेशले कात्तिक २५ गते फाल्गुनन्द जयन्ती, मंसिर ४ गते छठ पर्वको समापनको दिन विदा दिने भएको छ ।

सिटौलाका अनुसार बाँकी रहेको एउटा विदा केन्द्र सरकारले नदिएको कुनै एक दिन मुस्लिम धर्मावलम्बीलाई लक्षित गर्दै इद पर्वका अवसरमा प्रदेशभरका मुस्लिमहरूलाई बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार