Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्ने कांग्रेसको निर्णय



काठमाडौं : नेपाली कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय प्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चैत ३ गते हुने निर्वाचनमा सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका उम्मेदवार बनेका यादवको पक्षमा मतदान गर्ने निर्णय गरेकाे प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

बैठकले गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिनाका साथै उनलाई मतदान गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ।

यसैगरी बैठकले आगामी वैशाख १० गते हुने चितवन–२ काे उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्न पत्राचार गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार