विराटनगर : उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष तिल बहादुर राना (केशव) नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
मंगलबार एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तरगत जिल्ला पार्टी कार्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनी माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
उनलाई नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीलगायतका नेताले पार्टीमा स्वागत गरेको एमाले उदयपुरका नेता हेम खड्काले जानकारी दिए ।