विराटनगर : नेकपा एमालेको प्रमुख सचेतकमा पदम गिरी चयन भएका छन । उनलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार प्रमुख सचेतकमा नियुक्त गरेका हुन ।
गिरी पूर्व स्वास्थ्यमन्त्रीसमेत हुन् ।
यस्तै सचेतकमा महेश बर्तौला चयन भएका छन् । गिरी पर्वतबाट र बर्तौला मकवानपुरबाट विजयी भएका सांसद हुन ।
गिरी र बर्ताला दुबै विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदायका नेता हुन । गिरी पिएन क्याम्पसका पूर्व स्ववियु सभापति हुन भने बर्तौला हेटैँडा क्याम्पसका पूर्व स्ववियु सभापति हुन ।