Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा सबै भन्दा ठुलो दल बनेको एमालेद्वारा मतदातालाई धन्यवाद



विराटनगर । नेकपा एमाले मोरङले स्थानीय निर्वाचन २०७९ मा नेकपा एमालेलाई मोरङ जिल्लाको सबैभन्दा ठुलो पार्टी बनाएको भन्दै मतदातालाई धन्यवाद दिएको छ ।
चौतर्फी घेराबन्दी र राज्यको दुरुपयोगका बावजुद एमालेलाई विश्वास गरेर मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिदै एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले विज्ञप्ती जारी गर्नुभएको हो ।
विज्ञप्तीमा मोरङका ८ वटा पालिकामा प्रमुख र उपप्रमुख दुवै एउटा नगरमा प्रमुख, महानगर सहित ४ वटा पालिकामा उपप्रमुख सहित १५९वडा मध्ये ७८ जना वडाअध्यक्ष र ३६१ जना सदस्यहरु जितेर मोरङमा सबैभन्दा धेरै जनप्रतिनिधि जित्ने पार्टी भएको उल्लेख गरिएको छ । मोरङमा जम्मा ८२९ जनप्रतिनिधि मध्ये ४३९ जना एमालेबाट निर्वाचित भएका छन् ।
निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई दिदै जनताको सेवकका रुपमा काम गर्न र पारदर्शी, सुशासन कायम राख्दै भ्रष्टचारमा शुन्य सहनशिलता अपनाउन भनेको छ । जनप्रतिनिधीलाई पार्टीको प्रतिबद्धता पत्र र आचारसंहितालाई पालन गर्न पनि विज्ञप्तीले सम्झाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार