Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्ववियु निर्वाचन: कोशी प्रदेशमा अनेरास्ववियुले खाता खोल्यो, धनकुटामा सन्तोष बुढाथोकी सर्बसम्मत



विराटनगर : स्ववियु निर्वाचनमा कोशी प्रदेशमा अनेरास्ववियुले खाता खोल्न सफल भएको छ । धनकुटा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा सर्वसम्मत स्ववियु गठन भएको छ ।

धनकुटामा स्ववियु निर्वाचनका लागि पाँच विद्यार्थी संगठनले दल दर्ता गराए पनि सर्बसम्मत नयाँ समिति चयन भएको हो । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, र अनेरास्ववियूले दल दर्ता गराए पनि उनीहरुले सहमतिमा उम्मेदवारी दिएका थिए ।

धनकुटा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सन्तोष बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । यस्तै सचिवमा सचिवमा नेविसंघका सुवास खनाल र कोषाध्यक्षमा अनेरास्ववियुका युवा तिम्सिना निर्वाचित भएका छन् ।

सदस्यहरुमा पनि उनीहरुले भागबन्डा मिलाएर सर्बसम्मत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार