Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्ववियु सभापतिमा पुरुष उम्मेदवारसँग भिड्दै अनेरास्ववियुका यी दुई महिला नेतृ



विराटनगर : पछिल्लो समय राजनीतिप्रति वितृष्णा देखाउनेहरुको जमात निकै ठूलो छ । विशेषगरी युवा पुस्ताका मानिसहरुले नेतृत्व परिवर्तनको मुद्धा उठाउँदै आएका पनि छन् । तर चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनले भने राजनीतिमा युवा विद्यार्थीहरुको रुचि बढाएको छ ।

स्ववियु निर्वाचनका लागि आज देशैभर विद्यार्थी संगठनहरुले उम्मेदवारको मनोनयन दर्ता गराइसकेका छन् । यस्तै राजनीतिको उद्गम थलो मानिने मोरङका क्याम्पसहरुमा पनि विद्यार्थी संगठनहरुले उम्मेदवारी दिइसकेका छन् । नेता जन्माउने नसर्रीका रुपमा चिनिने स्ववियु निर्वाचनले विद्यार्थीहरुको ध्यान खिचेको छ ।

त्यसो त नेपाली राजनीतिमा समावेशीता र महिलाहरुको सहभागीताका विषयमा चर्को आवाज उठ्ने गरेको छ । राजनीतिक दलहरुले कार्यकारी पदका लागि महिलालाई नेतृत्व दिन हिचकिचाउने गर्छन् । तर आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेकपा एमाले निकट अनेरास्ववियुले नर्सिङ क्याम्पसबाहेक मोरङका दुई क्याम्पसको सभापतिको उम्मेदवार महिलालाई बनाएको छ ।

अनेरास्ववियुका तर्फबाट उर्लाबारी बहुमुखी क्याम्पसमा प्रीति दाहाल र रमाइलो बहुमुखी क्याम्पसमा मालती रेग्मीले स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् ।

उनीहरु दुवै जनाको प्रतिस्पर्धि नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीका पुरुष उम्मेदवार छन् । दाहालको प्रतिस्पर्धि नेविसंघका विवेक कार्की र रेग्मीको अखिल क्रान्तिकारीका अनिश कार्कीसँग प्रतिस्पर्धा हुनेछ ।

बिबिएस चौथो वर्षमा अध्ययनरत दाहाल अनेरास्ववियुकी मोरङ जिल्ला कटिमी सदस्य हुन् भने रेग्मी क्याम्पस कमिटी उपाध्यक्षको जिम्मेवारीमा छिन् । दुवै क्याम्पस अनेरास्ववियुको पडक भएको क्याम्पस मानिन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार