महेन्द्र मोरङ क्याम्पसका सभापतिका उम्मेदवार पहाडी र पौडेल
विराटनगर : चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज देशैभर उम्मेदवारी दर्ता भइरहेको छ । विद्यार्थी संगठनहरुले क्याम्पस अनुसार गठबन्धन निर्माण गरेर मनोनयन दर्ता गराएका छन् ।
स्ववियु निर्वाचनका लागि मोरङका विभिन्न क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले मनोनयन दर्ता गराएका छन् ।
महेन्द्र मोरङ क्याम्पस
प्रदेश १ कै सबैभन्दा ठूलो महेन्द्र मोरङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुबाट नविन पहाडीले सभापतिमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियुबाट सचिवमा सनिम ठकुरी र कोषाध्यक्षमा आरोग्य थापाले उम्मेदवारी दिएका छन् ।
नेपाल विद्यार्थी संघका तर्फबाट सभापतिमा जस्वन्त पौडेल, सचिवमा पुजा विश्वास र कोषाध्यक्षमा स्वस्तिक बोहोराले उम्मेदवार दिएका छन् । महेन्द्र मोरङमा नेकपा माओवादी र जसपाका विद्यार्थी संगठनले तालमेल गरेका छन् । माओवादीनिकट अखिल क्रान्तिकारीबाट सभापतिमा रोहित यादव र सचिवमा आशिका लम्साल तथा समाजवादी विद्यार्थी संगठनबाट राकेशकुमार यादवले उम्मेदवारी दिएका छन् ।
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले भने सचिव, कोषाध्यक्ष र केही सदस्यमा मात्रै उम्मेदवारी दिएको छ । सचिवमा निर्मल भण्डारी र कोषाध्यक्षमा रोहित गौतमले उम्मेदवारी दिएका छन् ।
डिग्री क्याम्सप
विराटनगरमा रहेको डिग्री क्याम्पसको स्ववियु सभापतिका लागि अनेरास्ववियुबाट निर्मल गजुरेलले उम्मेदवारी दिएका छन् । सचिवमा करण दियाली र कोषाध्यक्षमा कौशल्या गैरेले उम्मेदवारी दिएका छन् ।
नेविसंघ र अखिल क्रान्तिकारीले भने तालमेल गरेर उम्मेदवारी दिएका छन् । सभापतिमा क्रान्तिकारीका शसी यादवले उम्मेदवारी दिँदा सचिवमा नेविसंघका विराज बराल र कोषाध्यक्षमा नेविसंघकै अबजेश मण्डलले उम्मेदवारी दिएका छन् ।
सुकुना बहुमुखी क्याम्पस, विराटचौक
सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुका विरुद्ध चार दलले मोर्चाबन्दी गरेका छन् । यहाँ नेकपा एस निकट अनेरास्ववियूको नेतृत्वमा नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र समाजवादी विद्यार्थी संगठनले तालमेल गरेका छन् ।
सुकुनामा अनेरास्ववियुबाट सभापतिमा मनोज कार्की, सचिवमा एलिश ओझा र सुष्मा नेपालीले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट सभापतिमा अनेरास्ववियूका सन्तोष लिम्बू, सचिवमा नेविसंघका निराजन धमला र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सतिश कार्कीले उम्मेदवारी दिएका छन् ।
उर्लाबारी बहुमुखी क्याम्पस
मोरङमै सबैभन्दा बढी अेरनस्ववियुको पकड मानिएको उर्लाबारी बहुमुखी क्याम्सपमा अनेरास्ववियुको नेतृत्वमा पाँच दलले तालमेल गरेका छन् । नेकपा माओवादीको अनेरास्ववियु क्रान्तिकारी, नेकपा एसको अनेरास्ववियू, राप्रपाको राप्रविसंघ र जसपाको समाजवादी विद्यार्थी युनियनले अनेरास्ववियुकै नामबाट चुनाव लड्ने भएका छन् ।
उर्लाबारी अनेरास्ववियुबाट स्ववियु सभापतिमा प्रीति दाहाल र नेविसंघबाट विवेक कार्कीले उम्मेदवारी दिएका छन् । सचिवमा अनेरास्ववियु क्रान्तिकारीका थानेश्वर अधिकारी र नेविसंघका देवेन्द्र पौडेलले उम्मेदवारी दिँदा कोषाध्यक्षमा अनेरास्ववियुका भुवन मग्रातीं र नेविसंघका भुवन श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ ।
लेटाङ बहुमुखी क्याम्पस
लेटाङमा अनेरास्ववियुबाट सभापतिमा छवि श्रेष्ठ, सचिवमा पुजेस अधिकारी र कोषाध्यक्षमा सागर पौडेलले उम्मेदवारी दिएका छन् । नेविसंघबाट सभापतिमा लेखनाथ दाहाल, सचिवमा रेश्मा घले र कोषाध्यक्षमा विशाल पौडेलको उम्मेदवारी रहेको छ ।
पथरी बहुमुखी क्याम्पस
पथरी बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी, अनेरास्ववियूलगायतका विद्यार्थी संगठनले नेविसंघकै नाममा उम्मेदवारी दिएका छन् । स्ववियु सभापतिमा नेविसंघको प्यानलबाट केशर राई, सचिवमा भुपाल खतिवडा र कोषाध्यक्षमा खगिन मगरले उम्मेदवारी दिएका छन् ।
यस्तै अनेरास्ववियुबाट भने उज्जवल लकान्द्री सभापतिका उम्मेदवार छन् । रोशन कटुवाल सचिव र सोनिया तामाङमाले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
बेलबारी बहुमुखी क्याम्पस
बेलबारी बहुमुखी क्याम्सपमा नेविसंघ, अनेरास्ववियू र अखिल क्रान्तिकारीले गठबन्धन गरेका छन् । स्ववियु सभापतिमा नेविसंघका पुष्कल सुवेदी, सचिवमा अनेरास्ववियूका दिपक गुरुङ र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका कोपिल बिष्टले उम्मेदवारी दिएका छन् ।
अनेरास्ववियुबाट भने सभापतिमा विप्लब पोखरेल, सचिवमा सुजन बस्नते र कोषाध्यक्षमा शंकर थापा उम्मेदवार छन् । बेलबारीमा स्वतन्त्र विद्यार्थी समूहले पनि उम्मेदवारी दिएको छ । स्वतन्त्रबाट सभापतिमा रोसन रेग्मी, सचिवमा दुर्गाप्रसाद खतिवडा र कोषाध्यक्षमा शोभा ढकालले उम्मेदवारी दिएका छन् ।
रमाइलो क्याम्पस
रमाइलो क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुले मालती रेग्मीलाई उम्मेदवार बनाएको छ । अनेरास्ववियुबाट सचिवमा खगेन्द्र लुईटेल र कोषाध्यक्षमा निमर्ला दंगाल उम्मेवार छन् भने नेविसंघ र अखिल क्रान्तिकारीबीच तालमेल भएको छ । क्रान्तिकारीबाट सभापतिमा अनिश कार्की उम्मेदवार छन् । कार्कीको समूहबाट सचिवमा नेविसंघका दिपेश रोक्का र कोषाध्यक्षमा नेविसंघकै सम्झना श्रेष्ठ उम्मेदवार छन् । रमाइलो क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहले पनि उम्मेदवार दिएको छ ।
नर्सिङ क्याम्पस, विराटनगर
नर्सिङ क्याम्पसमा अनेरास्ववियुबाट सभापतिमा प्रशांसा पौडेल, सचिवमा मनिषा श्रेष्ठ र कोषाध्यक्षमा रुचिका ओझाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका विषयलाई लिएर अन्य विद्यार्थी संगठनहरुले विरोध जनाएपछि त्यहाँ उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन् ।