काठमाडौं : नेपालकाे तेस्राे राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा भएकाे निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन्।
कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार बनेका थिए।