काठमाडौं : नयाँ राष्ट्रपति चयनका लागि भएकाे मतदान सकिएकाे छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान १० देखि सुरू भएकाे मतदान केहीबेरअघि सकिएकाे हाे।
मतगणना ४ बजेपछि हुने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ।
तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।