Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेसको ढोक्सामा माओवादी परेको हैन: महरा



कटारी : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफ्नो पार्टी कांग्रेसको ढोक्सामा नपरेको बताएका छन् ।

उदयपुरको कटारीमा शनिबारदेखि सुरु भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कोशी प्रदेशको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष महराले संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न कांग्रेससँग सहकार्य गरेको बताएका हुन् ।

उपाध्यक्ष महराले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित भइसकेको बताए । ‘राष्ट्रपतिको दायित्व नै संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पूरा गर्नु भएकाले हामीले यो समीकरण बनाएका हौँ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार