विराटनगर : कोशी प्रदेश नामकरणको विरोधमा प्रदेशको राजधानी विराटनगरमा पहिचानवादीहरुले प्रदर्शन गरेका छन् ।
भर्खरै नामकरण भएको कोशी प्रदेशको खारेजीको माग गर्दै शुक्रबार किराँत, लिम्बुवान संघर्ष समितिले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
पहिचान पक्षधरहरुको मागलाई निषेध गरी प्रदेशको नाम कोशी राखिएको भन्दै उनीहरुले केही समय कोशी राजमार्गमा चक्का जामसमेत गरेका थिए ।
नामकरणका लागि गत बुधबार राति मतदातामा दुई तिहाइभन्दा बढी मतबाट कोशी प्रदेश नामकरण भएको थियो । नामकरणको मत विभाजनमा उपस्थित ८६ प्रदेशसभा सदस्यमध्ये ८२ जनाले कोशी प्रदेशको पक्षमा मतदान गर्दा ४ जनाले विपक्षमा मतदान गरेका थिए । मतदानमा ६ जना अनुपस्थित थिए ।
नेकपा एमालेको प्रस्ताव तथा नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाको समर्थन प्रदेशको नाम कोशी राखिएको हो ।