तस्बीर : हाम्रोमतबाट साभार
विराटनगर : नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले कोसी प्रदेशका सांसदहरुको भेला सम्पन्न गरेको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन विराटनगरमा गठबन्धनमा रहेका आठ दलले प्रदेशका सांसदहरूका लागि अभिमुखीकरण दिएको हो ।
अभिमुखीकरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य महेश रेग्मी लगायतका नेताहरु सहभागी थिए ।
राष्ट्रपतिका लागि आगामि फाल्गुन २५ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ८ दलको साझा उम्मेदवार रामचन्द्र पौडेल रहेका छन् । एमालेले सुवासचन्द्र नेम्बाङलाई उम्मेदवार बनाएको छ ।
राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यले मतदान गर्छन् ।